युनिफिकेसन चर्चसँगको सम्बन्धले विवादमा आएका आर्थिक पुनरुत्थान मन्त्री यामागीवाद्वारा राजीनामा

0
Shares

 जापान ।

पूर्व युनिफिकेसन चर्चसंग नाम जोडिएका जापानका आर्थिक पुनरुत्थानको मन्त्री यामागीवाले,पदबाट राजीनामा दिने निर्णय गरी प्रधानमंत्री समक्ष राजिनामा बुझाएको बताईएको छ। ।

जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार यामागीवाले लिबरल डेमोक्र्याटिक पार्टीका कार्यकारीहरूलाई राजिनामा दिने जानकारी गराएका हुन् । प्रतिपक्षी दलले युनिफिकेसन चर्चसंग उनको सम्बन्धका बारेमा खोजीलाई थप पेचिलो बनाएपछि प्रशासन व्यवस्थापनमा थप प्रभाव नपरोस् भन्ने उद्देश्यले राजिनामा दिन लागेको बुझिएको छ ।

आज २४ तारिख साँझ पूर्व एकीकरण चर्चसंगको सम्बन्ध एकपछि अर्को खुल्दै आएका आर्थिक पुनरुत्थान मन्त्री यामागीवाले प्रधानमन्त्री किशिदालाई आफू प्रशासनमा समस्या ल्याउन नचाहेको बताउँदै राजीनामा दिने मनसाय राखेको बताएका हुन् । आज साँझ आर्थिक पुनरुत्थान मन्त्री यामागीवाले प्रधानमन्त्री किशिदासँग प्रधानमन्त्रीको सरकारी निवासमा छोटो भेटवार्ता गरेका थिए ।

सो भेटपछि यामागिवाले पत्रकारहरुसँग भने, ‘मैले प्रधानमन्त्री किशिदालाई राजीनामा पत्र बुझाएको छु।”पुर्वप्रधानमन्त्री आबेको हत्या पश्चात सतहमा आएको पुर्व युनिफिकेसन चर्चसंग लिवरल डेमोक्रेटिक पार्टीका २ तिहाई नेताहरुको निकट सम्बन्ध भएको प्रतिपक्षी दलहरुको दा