तिहारको रौनक : बढ्दो प्लास्टिकका मालाको प्रयोग

0
Shares

भैरहवा ।

हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकोसँगै प्लाष्टिकको मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूको पनि प्रयोग बढ्दो रुपमा छ ।

बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएको छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणको बजारमा भिडभाड बढेको छ ।