एकै दिनमा छ हजार भन्दा बढीमा कोरोना संक्रमण


एजेन्सी ।

सिङ्गापुरमा शनिबार छ हजार तीन सय ३९ जनामा कोरोनाको नयाँ संक्रमित थपिएका छन् । यसैसँगै देशमा काेराेना संक्रमितकाे कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् ।

कोरोनाका यी स‌‌क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल यहाँ कुल छ सय २८ स‌‌क्रमित अस्पातालमा रहेका छन् ।

सघन उपचार केन्द्रमा १६ जना रहेका छन्  । यद्यपी शनिबार काेराेनाबाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार छ सय ६० जनाको मृत्यु भएको छ ।