शरीर बन्धक अभियाेगमा युवक पक्राउ

0
Shares

नवलपरासी ।

नावालक शिशुलाई अपहरण गरी बन्धक बनाएकाे अभियाेगमा दुवईबाट एक नेपाली युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीले ईन्टरपाेल माध्यमबाट झापा जिल्ला शिवसताक्षी ८ बैदारचाेकका २२ वर्षीय सन्दिप खड्कालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भैरहेकाे जनाएकाे छ ।

प्रहरीका अनुसार गत असार १५ गते पूर्वी नवलपरासी जिल्ला बिनयी त्रिबेणी ७ शिवपुरगढी स्थित आफ्नै घर अगाडिबाट हराएका २१ महिने बालक प्रजल थापाकाे खाेज अनुसन्धानमा खड्का जाेडिए पछि उनलाई पक्राउ गरिएकाे हाे ।

अनुसन्धानमा बालक हराएकाे घटनाकाे तेस्राे दिन ९८०८६८५६१६ नं.काे हाट्सपबाट परिवारजनलाई आफूले बालक देखेकाे जनाउदै प्रभू बैंककाे उल्लेखित खातामा ५ लाख जम्मा गर्न भनी आएकाे म्यासेज खड्काकाे रहेकाे बताईएकाे छ ।

यसै आधारमा खड्का कात्तिक ४ गते पक्राउ परेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी सन्ताेष पाठकले जानकारी दिनु भयाे ।