प्रधानमन्त्री देउवा संयुक्त भेलालाई सम्बोधन गर्न धनगढीमा

0
Shares

धनगढी ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कैलालीको धनगढी पुग्नुभएको छ। आइतबार सत्तारुढ गठबन्धनले आयोजना गरिरहेको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न उहाँ धनगढी पुग्नुभएको हो।

सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा हुने उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु धनगढी आउदैछन्। धनगढीमा हुने भेलाको समन्वय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले गर्ने बताइएको छ।