मौसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।