कैलालीमा मोटरसाइकल दुर्घटना : प्रहरी हवलदारको मृत्यु

0
Shares

धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवलदारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिँदा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए ।

बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा दिएको छ ।