ओलीमा नयाँ तानाशाह हावी भयो : अध्यक्ष नेपाल

0
Shares

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमा नयाँ तानाशाह हावी भएको आरोप लगाउनु भएको छ । आज (शुक्रबार) बुटवलमा आयोजित सत्ता गठबन्धनको प्रदेश स्तरिय भेलालाई सम्बोधन गदै अध्यक्ष नेपालले ओलीमाथि यस्तो अरोप लगाउनु भएको हो ।

एमालेबाट केही समयअघि बाहिरिएर गठबन्धन दलको तर्फबाट उम्मेदवार हुनु भएका घनश्याम भुसाललाई व्यङ्ग्या गर्दै नेपालले ओलीलाई उनले पनि धुन नसकेको उल्लेख गर्नुभयो ।

नेपालले भन्नु भयो– ‘उहाले ओलीलाई धुन्छु भन्नु भएको थियो, साबुन पानीले धुँदाधुदै पाखा लाग्नुपर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिने वाला छैनन् ।’ आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाह हावी भएको अरोप लगाउनुभयो ।