केही वर्ष गठबन्धन आवश्यक भएकोले आशंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

0
Shares

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नु भएको छ ।

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहाँले जिकिर गर्नुभयो । गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्नुभयो ।

गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उहाँले एक–आपसमा संका र बेमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भनि सचेत गराउनु भयो । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ’–देउवाले भन्नु भयोे, प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । संका उपसंका नगरौं ।

प्रधानमन्त्री देउवा बोल्नुअघि कार्यक्रमा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलभित्र घात हुन सक्ने भन्दै सचेत गराएपछि उहाँले यस्तो बताउनु भएको हो ।