गठबन्धन सत्ताका लागि नभई व्यवस्था बचाउनका लागि हो : नेता पौडेल

0
Shares

बुटवल।

नेपाली काँग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले लोकतन्त्र र परिवर्तन बचाउनका लागि गठबन्धन भएको बताउनु भयो । शुक्रबार बुटवलमा आयोजित सत्ता गठबन्धनको प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेता पौडेलले गठबन्धन सत्ताका लागि नभई व्यवस्था बचाउनका लागि भएको बताउनु भयो ।

उहाँले ७० वर्ष लगाएर पाएको संविधान संरक्षणका लागि गठबन्धन भएको बताउनु भयो। कुनै दलले जित्ने नभई सुशासन र परिवतर्नको रक्षाका लागि गठबन्धनका उम्मेदवार लाई जिताउन उहाँले आग्रह गर्नु भयो ।

नेता पौडेलले नयाँ सकल्प लिएर गठबन्धन आएकाले सत्ता का लागि नभई व्यवस्था बचाउन का गठबन्धन भएको जिकिर गर्नु भयो ।