‘ओलीले १० करोडमा सूर्य चिन्ह बेचेँ’

0
Shares

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपिया“ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाउनुभएको छ । थापा एमालेको चुनाब चिह्न सूर्य लिएर मकवानपुर–१ मा उम्मेदवार हुनुहुन्छ ।

लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ का उम्मेदवार खतिवडाले राक्सिराङको सरिखेत पला“सेमा भएको अगुवा कार्यकर्ता भेलामा यस्तो आरोप लगाउनुर्भको हो । उहाँले ओलीले राजाबादी र विखण्डनकारीहरुस“ग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था मास्न लागेको बताउ“दै भन्नुभयो–ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नुभयो ।

खतिवडाले मकवानपुरमा गठबन्धन बलियो मतसाथ अग्रता कायम गरिरह“दा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने बताउनुभयो । उहाँले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे भन्नुभयो– यहा“को विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा एमालेका डोरमणि पौडेलको सरकारले सिन्को भा“चेनन् । बरु, चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैं तगारो हाले ।

खतिवडाले अब बन्ने गठबन्धन सरकारले गा“जा विधेयक पारित गर्नुका साथै गा“जा मुद्दामा देशभर जेल परेका १० हजार जनालाई जेलमुक्त गर्न विधेयक ल्याइने बताउनुभयो । मकवानपुरमा गा“जा खेतीका लागि भारतीय प्राविधिकले सहयोग गर्दे आएका छन् । यसको बजार मुख्यतः भारत हो । तर, कानुनले गा“जा र यसको कारोबारलाई अपराध ठानेकाले प्रहरीले यस्तो कारोबारमा संलग्न मानिसलाई कानुन लगाउने गरेको छ ।

गा“जाबाट हुने फाइदा धनीहरुले लिने भए पनि खेती र ओसारपसारमा मुख्यतः गरिब र निमुखाहरु संलग्न हुने गर्छन् । त्यसले गर्दा कानुनी कारबाहीमा पनि उनीहरु नै पर्ने गरेका छन् । ऐनले यसलाई अवैध लागुऔषधका रुपमा पारिभाषित गरेको छ । नेपाल प्रहरीले यसको उत्पादन र बिक्री वितरणलाई निषेध गरेको छ । त्यस्तो कारोबार संलग्न जोकोहीलाई पनि प्रहरीले कानुनी दायरामा ल्याउने गरेको छ ।

गा“जा लगाउन हु“दैन, गा“जा प्रतिवन्धित चिज हो भन्ने सबैलाई थाहा छ । थोरै बेच्दा धेरै पैसा आउने भएकाले खतरा मोलेर यो काम गरेको हो । गा“जा ठूलो भएपछि फाड्नुभन्दा रोप्ने बेलामै किसानलाई यो लगाउन हु“दैन भनेको भए क्षति कम हुन्थ्यो होला ।
कैलाश गाउ“पालिका–२ का राजेन्द्र तामाङका अनुसार मकवानपुरका पहाडी भेगमा खेती गरिएको गा“जा बोक्नेमा चेपाङ जातिका मानिस छन् । उहाँले आफ्नो ठाउ“का करिब ४० जना गा“जा बोकेकाले जेल परेको बताउनुभयो । कोही तीन वर्ष, कोही चार वर्ष जेल बसेर छुटेका छन् । कोही हालसम्म जेलमै छन् ।

राक्सिराङ गाउ“पालिकाका करिब २ सय जना भीमफेदी जेलमा छन् । एक तथ्यांकअनुसार यस वर्षमात्र उक्त गाउ“का ५१ जना जेल चलान भएको राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘गा“जा बोकेकाले जेलमा बस्नुपर्ने, आफ्नो परिवारलाई छाड्नुपर्ने अवस्था हुनु हु“दैन । गा“ँजामा लगाइएको प्रतिवन्ध फुकुवा गर्नुपर्छ भनेर अभियान चलाउने कुरा उठिरहेको छ,’ अध्यक्ष मल्लले भन्नुभयो । ऐनअनुसार गा“जा उत्पादन, तयारी, खरिदबिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्ने व्यक्तिलाई ३ महिनादेखि १० वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रुपिया“सम्म जरिवाना हुन्छ । गाँजा फुकवा गर्न खतिवडासमेतले संसद्मा विधेयक दर्ता गर्नुभएको छ ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार इन्द्रबहादुर बानिया“ले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिह्न बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले डमरु बजाउ“दै औषधि बेच्ने हालतमा एमाले पुगेको भन्दै पश्चिम मकवानपुरको विकासमा एमालेको कुनै योगदान नभएको दाबी गर्नुभयो ।

कार्यक्रममा मकवानपुर निर्वाच्न क्षेत्र–२ को (क) की उम्मेदवार तथा प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पछिल्लो पटक वागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर–२ को रुपान्तरण भएको बताउनुभयो । उहाँले सरकार निर्माणमा एउटा मत निर्णायक हुने र मकवानपुरका सबै गठबन्धन उम्मेदवार यसपटक सरकारको नेतृत्वमा पुग्ने अनुहार भएकाले मत दिन आग्रह गर्नुभयो ।

एकीकृत समाजवादी केन्द्रीय सदस्य राजाराम स्यांतान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतले निर्वाचन क्षेत्र नम्बर–२ को विकासमा सधैं बाधक बनेको एमालेले भोट माग्न पनि लजाउनुपर्ने टिप्पणी गर्नुभयो । कार्यक्रम नेकपा माओवादी राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो ।