अटो रिक्साबाट खसेर एक जनाको मृत्यु

0
Shares

बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् ।

सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।