गरिमा क्यापिटलको साधारणसभा २५ कात्तिकमा

0
Shares

काठमाडौं ।

गरिमा क्यापिटलले २५ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधार सभा बस्ने निर्णय गरेको हो ।

सभा होटेल पबेरा हेरिटेज बुटिक, बूढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ३५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पेस गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।