पाल्पामा भुस्याहा कुकुरको आतंक : एकै दिन २८ जना घाइते

0
Shares

पाल्पा ।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरले टोक्दा एकैदिन २८ जना घाइते भएका छन् । घाईतेहरुको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयको जानकारी दिएका छन् । सो क्षेत्रमा केहि दिनयता भुस्याहा कुकुरको विगविगी बढेको हो ।

बिहिबार भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते भएका छन् । माथागढीको वडा नं. १, चिदीपानी, २ रुप्से र ३ कसेनीका मानिसलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको छ । माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा कुकुरले टोकेको हो ।

घाइते मध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेको छ । चिकित्सकको सल्लाह वमोजिम घाइतेलाई रेविज विरुद्धको इक्जेन्सन लगाइएको छ । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कुकुरको टोकाइबाट घाइते सबैको उपचार निशुल्क गरिने छ ।केही दिन देखि बौलाह कुकुरले घरगोठमा रहेको पशुचौपायाहरुलाई समेत आक्रमण गर्दे आएको र अहिले कुकुर आतंकले गर्दा यस क्षेत्रमा हिडडुल गर्न नै मुस्किल परेको अध्यक्ष पन्थीले वताउनुभयो ।

अध्यक्ष पन्थीले सामाजिक सञ्जाल मार्फत माथागढी १,२ र ३ चिदीपानी रुप्से र कसेनि क्षेत्रको बौलाहा कुकुरले टोकि जनतालाइ घाइते बनाएको र समाजलाई आतंकित तुल्याएको घटनाले दुखित बनाएको उल्लेख गर्दै घाइतेको उपचारको लागि डाक्टरको सिफारिस प्रोटोकल अनुसारको ,३,७,१४,२८ दिनको दिन लाउन पर्ने भ्याक्सिनको र आउने जाने सवारी साधन सहितको सम्पुर्ण खर्च माथागढी गाउपालिकाले ब्यहोर्ने पालिका अध्यक्ष यम बहादुर चिदी र म सामाजिक बिकास समितिको सम्योजकको हैसियतले प्रतिबद्धता ब्याक्त गर्दछौ भन्नुभएको छ । बिहीबार दिउँसोदेखि बेलुकीसम्म भुस्याहा कुकुरको टाकाइबाट माथागढी गाउँपालिका वडा नं। १, २ र ३ का २८ जना घाइते भएका थिए ।केही दिन सो क्षेत्रमा नागरिक तथा स्थानीय बासीलाई सचेत र सतर्क रहन माथागढी गाउँपालिकाले अनुरोध गरेको छ ।

२८ जनामध्ये तीन जनाको सामान्य उपचारपछि घर फर्किएको माथागढी–३, का अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अन्य २५ जनाको मिसन अस्पतालमा रेबिज बिरुद्धको इन्जेक्सन लगाएपछि थप उपचार भइरहेको उहाँको भनाई छ । अध्यक्ष घर्तिले थप मानिसलाई समेत कुकुरले टोकेको हुन सक्ने भएकाले सम्पर्कमा आउन उहाँले आग्रह गर्नु भएको छ ।