पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८।७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्