राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णाली प्रदेशमा

0
Shares

काठमाडाैं ।

दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको हो ।

बिहिबार हुने नवौं राष्ट्रिय खेलकुदको समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ । गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबारबाट सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको समापानमा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थिति रहनेछ । नवौंको उद्घघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । त्यस्तै, समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ ।

पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ । नवौंको समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गर्नेछन् ।त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ । समापन समारोहमा चर्चित गायक गायक प्रकाश सपुत र मिलन अमात्यले प्रस्तुती दिने भएका छन् ।

प्रतियोगिताको समारोह उप समितिले समापन कार्यक्रममा अहिलेका चर्चित दुई गायक प्रकाश र मिलनलाई समारोहमा प्रस्तुतीका लागि आमन्त्रण गरेको हो । नवौं राष्ट्रिय खेलकुदको समारोह समितिका उप संयोजक यकेन्द्र कुँवरले समापन समारोहको सम्पुर्ण तयारी सकिएको बताएका छन् । उनले उद्घघाटन सत्र जस्तै समापन समारोहलाई समेत भब्य बनाउन आफ्नो समितिले काम गरेको जानकारी दिएका छन् ।

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथीको रुपमा उपस्थित रहनेछन् । प्रतियोगिताको औपचारिक उद्घघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैगरी बोर्ड बैठकले पोखरा रंगशालामा दिवंगत प्याराग्लाइडिङ खेलाडी निशिम थापाको शालिक निर्माण गर्ने निर्णय गरेको छ । राखेपको बोर्ड बैठकले पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक बनाउने निर्णय गरेको हो ।

त्यस्तै थापाको परिवारलाई सहयोगका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निशिमको निधन भएको थियो । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो ।

त्रिभुवन आर्मी क्लबबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो । गोरखा घर भएका २६ वर्षीय थापा १ सय मिटरमाथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।