अपडेट- बझाङमा जीप दुर्घटना : ७ जनाको मुत्यु, १६ जना घाइते

0
Shares

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आज (बुधबार) दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीको अम्लाचौकाको तुफानडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

७ जनाको शव भेटिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । मृत्युु हुनेमा मष्टा गाउँपालिकाकी १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया बसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ वर्षीया बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका–७ कञ्चनपुरका ४२ वर्षीय झरेन्द्र बोहराको मृत्युु भएको छ ।

घाइहरूतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइते हुनेमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, सोही वडा २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा–१ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ्४ वर्षीय सिम्रन सिंह, २२ वर्षीय हेमन्ती सिंह रहेका छन् ।