वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गरिनेछ : अमृत खड्का

0
Shares

ललितपुर । नेपाल (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफु सांसद पदमा निर्वाचित भएसँगै मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्ने वचनवद्धता गर्नुभएको छ ।

सो काम अघि बढेसँगै युवाहरुलाई वैदेशिक रोजगारीमा जार्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उहाँले उक्त योजना महत्वपूर्ण रहेको सुनाउनुभएको हो । यहाँका वनमा विभिन्न जडिबुटी उत्पादन गर्ने काम युवालाई दिन सके सोबाट ठूलो रकम प्राप्त गर्न सकिने खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो– “मूलुकको कूल वनक्षेत्रमा रिठ्ठा तथा कफी एवं अल्लो हुँदै लोक्ता जस्ता वस्तु उत्पादन गरी विभिन्न सामग्री निर्माण गर्न सकिन्छ ।” सो जडिबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गरी मुलुकमै रहन पाउने वातावरण तयार गर्ने खड्काको ध्येय रहेको छ ।

मुलुकमा लोपोउन्मुख भएका जडिबुटीलाई खेतीमा रुपान्तर गर्न सके सोको संरक्षणसँगै कयौँ युवाले वैदेशिक रोजगारीमा जानुनपर्ने समस्याको पनि हल हुने खड्काले जिकीर गर्नुभयो । “नेपालमै रहेर उत्पादनशिल हुन पाउनु हरेक युवाको राष्ट्रनिर्माण तर्फको दायित्व समेत बढ्न पाउनेछ”, खड्काले थप्नुभयो ।

आफू हाल एक व्यवसायी रहँदा जानेका सिप तथा ज्ञानलाई इच्छुक युवामा छरि सोबाट आर्थिक उत्थानमा ठूलो भूमिका अघि बढाउने लक्ष्य रहेको खड्काले जिकीर गरेका छन् । खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव संगसँगै एमाले बागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

उहाँ २०४५ सालमा अनेरास्ववियुमा संगठित हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनमा घाइते भएका खड्का २०५४ सालमा सैंबु गाउँ विकास समिति अध्यक्ष भैसक्नुभएको छ । सोसँगै खड्का गाउँ विकास समिति राष्ट्रिय महासङ्घ ललितपुरका सचिव तथा २०७५ सालमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका अध्यक्ष एवं नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुँदै नेपालको उत्पादन सामथ्र्य र निर्यात क्षेत्रका विज्ञ हुनुहुन्छ ।

नेपालको उत्पादन, रोजगारी, र निर्यात वृद्धिको विषयमा अनुसन्धानात्मक लेख रचनाहरु प्रकाशित गरिरहने खड्काले सन् २०१३ मा उल ड्रायर ब्यागको विकास गरी यूरोप अमेरिकामा प्रख्यात बनाउनुभएको थियो । स्नातकसम्मको शैक्षिक योग्यता हासिल गरिसकेका खड्का हाल कल्पना क्राप्टको प्रोपाइटर हुनुहुन्छ ।