बुटवल । नेता सन्तोषकुमार पाण्डेयले नौँ पटक मन्त्री बनेर पनि जिल्लाको विकास गर्न नसक्नेले अब आराम लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक बोहरालाई लक्षित गर्दै नेता पाण्डेयले यस्तो बताएका हुन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा (क)का सत्ता गठबन्धनका साझा उम्मेदवार सन्तोषकुमार पाण्डेयले प्रतिपक्षी गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार दीपक बोहरालाई पटक–पटक मन्त्री भएर भैरहवा र रुपन्देहीको विकास गर्न नसकेको भन्दै के–का लागि भोट मागेको ? भन्दै प्रश्न गरेका छन् ।
एउटा उमेर अवस्थामा आइसकेपछि शरीरको चाहना अनुसार घरमै आराम गरेर बस्न पनि उनले बोहोरालाई आग्रह गरे । गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता पाण्डेयले बोहोरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना निर्माण गर्न नसकेको भन्दै अन्तिम पटक भन्दै चुनाव लड्नुको सट्टा घरमै आराम गरि तीर्थव्रत गर्न आग्रह गरेका हुन् ।
नेता पाण्डेयले भने, ‘निर्वाचन जित्ने युवा, सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकट भएका, विकासका लागि स्पष्ट योजना र विकास प्रेमी नेताले हो,’ उहाँको भनाइ थियो, स्वास्थ्यमा समस्या आएको छ । आफ्नो स्वास्थ्यका लागि पनि घरमै आराम गरेर बस्नुुहोस् ।’
बोहोरा पञ्चायतदेखि गणतन्त्रसम्म आईपुग्दा नौँ पटक मन्त्री भइसकेका छन् । कार्यक्रमको अन्तमा पाडेयले दाबीका साथ भने, ‘मन्त्री हुँदा जिल्लाको विकास गर्न नसक्नेले अब उप्रान्त मतदाताले पनि नपत्याउने छैनन् ।











प्रतिक्रिया