सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्तालाई कारबाही गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा नेकपा (एमाले)को सूर्य चिन्हमा भोट नहाले आगामी निर्वाचनपछि कारबाही गर्ने चतावनी दिएका छन् । आज (बुधबार) झापा धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।