कल्याणकारीद्वारा बटुकलाई कल्याण

0
Shares

बुटवल । बुटवल–८ मा संचालित श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको अवसर पारेर सामाजिक उत्तर दायित्व अन्तर्गत तीन दिने कार्यक्रम तय गरि मनाउन शुरु गरेको छ ।

सहकारीले बुधबार बुटवल ७ मा रहेको निलकण्ठ बाबा धाममा रहेका ७२ जना बटुकलाई विभिन्न प्रकारका खाद्यान्य सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीको टोलीले निलकण्ठ बाबा धामकी संरक्षक देवमाया भटृराई धामका उपाध्यक्ष चुरामणी पौडेललाई खाद्यान्य हस्तान्त्ररण गरेको सहकारीका सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो । १७ हजार मूल्य बराबरको खाद्यान्य प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

त्यस्तै सहकारीले बिहीबार सहकारीको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गर्न ईच्छुक शेयर सदस्य तथा आम नागरिकहरुमा सहभागिताका लागि सहकारीले आह्वान गरेको छ ।

बिहान साढे सात वजेदेखि रक्तदान कार्यक्रम शुरु हुने छ । त्यस्तै सहकारीले मुलुकमा शान्ति सुरक्षा अमन चैनमा अझै सफलता मिलोस् र आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन कुनै अप्रिय घटनाबि शान्तिपूर्वक सम्पन्न होस भन्दै शुक्रबार दीपावली गर्ने कार्यक्रम तय गरेको सचिव ज्ञवालीले बताउनु भयो ।