पुरुष म्याराथनमा गण्डकीलाई स्वर्ण

0
Shares

पोखरा
पुरुष म्याराथनमा गण्डकी प्रदेशले स्वर्ण जितेका छन् । अनिश थापा मगरले २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै रजत जिते । त्यस्तै एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हासिल गरे ।महिला म्याराथनमा भने एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् । आर्मीकी विश्वरूपा बुढाले रजत पदक जितिन् । उनले निर्धारित दुरी ३ घन्टा ००.३५ सेकेन्डमा पार गरिन् । त्यस्तै, नेपाल पुलिस क्लबकी रेखा विष्टले कास्य पदक जितिन् । उनले निर्धारित दूरी ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पार गर्दै कास्य पदक जितेकी हुन् ।

पुरुष फुटबल

नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा आर्मी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिसलाई २–० गोल अन्तरले हराएको थियो ।

उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदूरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा हार व्यहोरेको हो । एपीएफको जितमा प्रदीप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।एपीएफ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदूरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते बिहीबार पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । त्यही दिन तेस्रो स्थानका लागि गण्डकी र सुदूरपश्चिमबीच पहिलो खेल हुनेछ ।

महिला फुटबल

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश गरेका छन् । मंगलबार वालिङमा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलको १३आँै मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै अग्रता दिलाइन् । १९औँ मिनेटमा निर्मला विकले दोस्रो गोल गरिन् भने ८०औँ मिनेटमा निर्मला उपाध्यायले तेस्रोे गोल गरिन ।यस्तै दोस्रो खेलमा एपीएफले आर्मीलाई १–० गोलले स्तब्ध पार्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । खेलको ५६औँ मिनेटमा एपीएफकी खेलाडी सावित्रा भण्डारीले एक गोल गर्दै टोलीलाई फाइनल पु¥याएकी हुन् । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।

भलिबल

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो ।दोस्रो खेलमा आर्मीले वाग्मती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग-यो ।

पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे प-यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन ग-यो । फलस्वरूप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुनेछ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्नेछन् । फाइनल बिहीबार हुने छ ।

कुस्तीमा एपीएफलाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर) मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुवैतर्फ १०-१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।पुरुषतर्फको खेलमा एपीएफले चारवटा स्वर्ण पदक जित्दा मधेस प्रदेशले ३ स्वर्ण, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १-१ स्वर्ण पदक जितेका छन ।विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

कुस्तीमा मधेस प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँचवटा स्वर्ण पदक जितेका हुन् ।

विभागीय टिम नेपाली सेनाका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनीषा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते ।कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । ७ प्रदेश र तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस गरी कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।

तस्वीरः उजोल डंगोल