त्रिभुवन विश्वविद्यालयलाई आयोगले सोध्यो स्पष्टीकरण

0
Shares

काठमाडौं । 

निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना गरेकोमा त्रिभुवन विश्वविद्यालयलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवालगायतका काम गर्न नपाइने भए पनि त्रिविले सोविपरीत कर्मचारी भर्ना गरेको उजुरीको आधारमा सो स्पष्टीकरण सोधिएको हो । आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नया“ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउ“दै प्रश्न सोधिएको छ– ‘ती निकायले शुरू गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन? यदि होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ?