एमाले अध्यक्ष ओली अस्वस्थ, आन्तरिक कार्यक्रम र भेटघाट स्थगित

0
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओली अस्वस्थ भएपछि पार्टीका सार्वजनिक कार्यक्रम र भेटघाट स्थगित गरिएको छ ।

उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक-९ स्थित निवासमा आराम गरिरहेको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले आज (मंगलबार) साँझ पत्रकार सम्मेलन राखेको थियो । तर, ओलीलाई सन्चो नभएपछि पत्रकार सम्मेलनमा पनि नआउने बताइएको छ ।