राष्ट्रिय जनमुक्ति पार्टीद्वारा चुनावी घोषणापत्र सार्वजनिक, दलहरु दिशाहिनतर्फ गएकोप्रति गहिरो चिन्ता

0
Shares

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरि लुम्बिनी कर्णाली र सुदुर पश्चिम प्रदेशको लागी विभिन्न २७ बुँदे कार्ययोजना सहित तयार पारिएको घोषणापत्रलाई पार्टीका कार्यबहाक अध्यक्ष केशब सूर्यवंशीले सार्वजनिक गर्नु भएको हो् । घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमुक्तिपार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीले मुलुक राजनीतिक दिशाहिनतर्फ गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नु भयो ।

दलहरुले राष्ट्रिय आवश्यकता र मुद्दाहरु बिर्सेर बहुमतको अंकगणितमा तल्लिन भएको आरोप लगाउनु भयो । मुलुकमा संघीयता खारेज गर्छु भन्ने दलसँग संघीयता बचाउछु भन्ने दलले एउटै चुनाबी गठबन्धन बनाएको प्रति तिखो आलोचना गर्नु भयो ।

अध्यक्ष सुर्यवंशीले संघीयता संरक्षण हुने हो कि खारेज हुने हो जनतालाई बुझ्नै गाह्रो परेको धारणा राख्नु भयो । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बीचको चुनावी तालमेललाई इंगित गर्दै उहाँले ‘धर्म निरपक्षता पक्षधर दल र ‘धर्म निरपक्षता खारेज गर्नुपर्छ भन्ने दल एउटै चुनाबी गठबन्धनमा रहेकोप्रति दलहरु आफ्नो र राष्ट्रिय मुद्दाभन्दा पनि चुनाब जित्ने अंकगणितको राजनीतिमा केन्द्रित भएको उहाँको आरोप रहेको छ ।

जनमुक्तिले जारी गरेको घोषणापत्रमा भ्रष्टाचारलाई देशद्रोह सरहको घोषणा गर्ने, दलहरुले घोषणापत्र अनुसार नगरे सो विरुद्ध कानूनी उपचारका लागि न्यायालय जान पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बिमा, काठमाण्डौ बाहेक अन्य एक शहरमा देशको वैकल्पिक राजधानी निर्माण लगायतका बुँदाहरु समेटिएको यस पटकको निर्वाचनमा जनमुत्तिलाई विजयी गराउन महासचिव टोप अस्लामीले आह्वान गर्नु भयो ।

पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक झम बहादुर गुरुङले विश्व सामु शान्तिको देशले परिचित नेपालमा निर्वाचनका वेला हुने वेथीतीले गर्दा देश कता दैजाने र सरकारमा रहनेले के गदै छन भन्ने चिन्ता लागेको दुखेसो गर्नु भयो ।