स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

0
Shares

रसुवा । रसुवामा स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित पासाङल्हामु राजमार्गअन्तर्गत याङयाङ खोला नजिकैको सडकखण्डमा स्कुटर दुर्घटना उनीहरु घाइते भएका हुन् ।

प्रदेश ३–०२–११ प ९११५ नम्बरको सुजुकी स्कुटर सदरमुकामबाट जाँदै गर्दा स्याफ्रुबेसी पुग्ने बेलाको याङयाङ खोला नजिकैबाट सडकभन्दा ४० मिटर तल खसेपछि दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्कुटर चालक आमाछोदिङमो गाउँपालिका–४ गोल्जुङ निवासी ईन्दुङ ग्याल्जेन तामाङ र अर्का गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसी निवासी १९ वर्षीय सानुमाया तामाङ घाईते भएका हुन् ।