चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

0
Shares

वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज(१३ का सुमित कुशवाहा, वीरगञ्ज(१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज(११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरि पोखरिया नगरपालिका(६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका(२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।