शुरुभयो बाजुरामा चुनावी अभियान

0
Shares

बाजुरा ।

नेपाली कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (ख) को बडीमालिका नगरपालिका ७ बाट चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का संयुक्त गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य पदमबहादुर शाही नेतृत्वको टोलीले बडीमालिका ७ ढम्कने, रजातोली, जिल्ली र सिराडीका मतदातासँग भेटघाट शुरु गरेका छन् । कांग्रेस समानुपातिक उम्मेदवार महाँसनाई नेपालीको नेतृत्वमा आज खप्तड क्षेडेदह गाउँपालिकामा चुनावी अभियान शुरुभएको नेविसंघ अध्यक्ष जनक थापले बताउनुभयोे ।

शान्ति र संविधानको रक्षा देशको समृद्धीका लागि भन्दै कांग्रेस सहमहामन्त्री एवं प्रतिनीधि सभासदस्यका उम्मेदवार बद्रीप्रसाद पाण्डेको नेतृत्वमा केही दिनभित्रै कुण्डा भेगबाट चुनावी अभियान सञ्चालन हुने नेपाली कांग्रेस जिल्ला कार्यसमित बाजुराका सचिव तिलक पूरीले बताउन भएकोछ।

त्यस्तै प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा नेतृत्वको टोली आज मार्तडीबाट प्रदेश (क) क्षेत्रमा गईसकेको र प्रदेश सभा (क) उम्मेदवार बलदेव रेग्मीको टोलीले सयुक्त रूपमा सो क्षेत्रमा सयुक्त रूपमा चुनावी प्रचार प्रसार अभियान गर्ने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताउनुभएकोछ। नेकपा एमालेले पनि बडिालिका नगरपालिकाको वडान. सातबाट चुनावी अभियान सञ्चालन गरेको छ।

नेकपा माओवादी केन्द्रले पनि आईतवार देखि बाजुराको फालासैन देखि चुनावी अभियान शुरुगरेको नेकपा माओवादी तर्फबाट प्रतिनीधि सभासदस्यका समानुपातिक उम्मेदवार कमल कुमारी शाह शाहीले भन्नुभयो। नेकपा माओवादी केन्द्र जहिले पनि परिवर्तनको पक्षमा रहेकोले पांँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन विभिन्न तहर तप्का बाट चुनावी मोर्चा खडागरी चुनावी अभियानमा होमिएका छौं उममेदवार शाहाले भन्नुभयो।

राप्रपा प्रतिनीधिसभा सदसयका उम्मेदवार जंगकुमार गिरी नेतृत्व टिम पनि ग्रामिण क्षेत्रमा चुनावी प्रचारमा लागेको छ राप्रपा नेता दलवहादुर थापाले भन्नुुभयो ।
नेपाली कांग्रेस वीपीबाट भने जिल्लामा प्रत्यक्ष उम्मेदवार छैनन्। समानुपातिक तर्फ मिना भारती गिरी र राधाखड्काको उम्मेदवारी छ। उम्मेदवारी दिलाउन जिल्लामा आएको उम्मेदवार बन्नेको चालामाला ठिक लागेन।त्यसैले प्रत्यक्ष तर्फ प्रतिनीधि सभा र प्रदेशसभा कही पनि उम्मेदवारी दिएनौं । समानुपातिकमा सहयोग गर्नु होला समानुपातिक उम्मेदवार गिरीले भनिन् ।

निर्वाचन कार्यतालिका अनुसार बाजुराको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेपछि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी , राप्रपा र स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् । २०७४ को निर्वाचनले एमालेलाई बहुमत दिदा तिनवर्षमा देशको ढुकुटी सकिएको एमालेले न सरकार चलाउन सक्यो न त आफ्नो घर बचाउन सक्यो त्यसैले अब नेपाली जनाताले आगामी मंशिर ४ गते कांग्रेसकै नेतृत्वमा देशमा स्थायी सरकार दिने छन् कांगेस सचिव पूरीले भन्नुभयो ।

नेपाली कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार बद्रीप्रसाद पाण्डेको चुनावी एजेण्डा शान्ति र संविधानको रक्षा, बाजुराको संमृद्धी नै आफ्नो प्रमुख लक्ष रहेको बताएका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाको प्रमुख एजेण्डा गठबन्धन भत्काउन एमालेको प्रमुख लक्षरहेकोर अब एमालेको एमालेको सरकारले ने देशमा समृद्धी ल्याउने हंदा बाजुराको विकासका लागि एमालेको पक्षामा मतपार्न मसिनो रुपमा लागि परेका छों एक एमाले जिल्ला कमिटी सचिव एबं सचिवालय संयोजक भरत थापाले भन्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा २०७०को संविधान सभा सदस्यमा बाजुराबाट निर्वाचित भई उद्योगमन्त्री समेत भैसकेका हुन् । कांग्रैस महामन्त्री पाण्डे यस अघि समानुपातिकबाट संविधानसभा सदस्य र एक पटक राष्ट्रिय सभासदस्य भएका हुन् सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट जनप्रतिनीधिका रुपमा पहिलो पटक चुनाब लड्दैछन्। यद्येपी बाजुराली जनताबाट आफु पहिलोपटक जनमत प्राप्त गर्न चुनावमा होमिएकोछस जनताले मलाई माया गर्नुहुनेमा विश्वस्त छु उम्मेदवार पाण्डेले भन्नुभयो । पाण्डे कांग्रेस भित्रका स्पष्ट बक्ता एबं जिल्ला तथा राष्ट्रिय स्तरमा कुनेपनि विबादमा नमुुछिएका नेताका रुपमा चिनिन हुन्छ ।

२०७४को निर्वाचनमा ४८सयको मतान्तरले तत्कालिन एमाले माओवादीका गठबन्धनका तर्फबाट एमाले का तर्पबाट प्रतिनीधि सभासदस्यमा लालवहाददुर थापाले जितेका हुन् । प्रदेश क बाट एमालेकै बल्देभ रेग्मी र ख बाट प्रकाश शाहले जितेका हुन। २०७९को आम निर्वाचनमा सत्तापक्ष गठबन्धनमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र समाजवादी छन् भने प्रतिपक्ष गठबन्धनमा राप्रपाले उम्मेदवारी दिएको को संग तालमेलमेल गर्छन खुलेको छैन । । यद्येपी प्रतिपक्ष गठबन्धन भन्दा सत्तापक्ष गठबन्धनको मतभार चार हजारले बढी देखिन्छ ।