अपूरो विकास निर्माण तथा धार्मिक पर्यटनको विकास गर्ने उम्मेदवारहरुले प्रतिवद्धता

0
Shares

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (क) मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रुपमा विकास गर्ने उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेकपा (एमाले)का तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरु जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई पूर्णता दिन आफूले उम्मेदवार दिएको बताए । यस क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरुलाई धार्मिक सकिटका रुपमा विकास गर्ने थापाले बताए ।

विशेष अध्ययन पश्चात बेरोजगार रहने वातावरणको अन्त्य गर्न प्राबिधिक शिक्षामा जोड दिने थापाले बताए । राष्ट्रिय प्राणी उद्यानलाई थप ब्यवस्थित गदै यस क्षेत्रको जैविक बिबिधिताको संरक्षण र प्रवद्र्धन गदैं आन्तरिक र बाह्रय पर्यटकको आगमनमा जोड दिने थापाले बताए ।

यसैगरी सत्ता गठबन्धनका तर्फका विष्णुराज कार्कीले यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा बिकास गर्ने बताएका छन् । कार्कीले सुर्यबिनायक क्षेत्रमा रहेका ऐतिहासिक र धार्मिक क्षेत्रलाई धार्मिक सर्किटको रुपमा प्रवद्र्धन गरि धार्मिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताएका हुन् ।

युवा अवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमा आफूले आत्मसाथ गर्दै आएको र पार्टिभन्दा माथि उठेर यस क्षेत्रका जनताको सुख दुःखको साथमा रहेकाले समेत आफूले यस पटक विजय हासिल गर्ने कार्कीले दावी गरे । यस क्षेत्रमा निर्माणाधिन प्राणी उद्यानलाई थप ब्यवस्थित गरि यस क्षेत्रमा आन्तरिक र बाह्रय पर्यटकहरुको आँगन बढाउने योजना समेत रहेको उनले बताए ।

यस निर्वाचन क्षेत्रमा देखिएको र जनताको मौलिक हक अन्र्तगतका विषयहरु जस्तै स्वास्थ्य, शिक्षा र रोजगारीको सवाललाई आफ्नो विजयसँगै प्रदेश सरकारले सम्बोधन गर्ने वातावरणको श्रृजना गर्ने कार्कीले बताए । गठबन्धनको सरकारले नै निर्वाचन पछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए ।