उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण, कुन क्षेत्रमा कति खर्च ? (सूचीसहित)

0
Shares

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ।

 निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् रु सूची यस्तो छ