बाल सुधार गृहबाट ५ जना किशोर फरार

0
Shares

बुटवल ।

रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर फरार भएका छन् ।

सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ ।

फरार भएकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थियाे । उनीहरूकाे खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।