बागलुङ १ मा चित्रबहादुरलाई कँडेलको टक्कर 

0
Shares

बागलुङ  । 

झन्डै २ दशक इन्जिनियरिङ क्षेत्रमा कामको अनुभव बटुलेका प्रभावशाली व्यक्तित्व इन्जिनियर खिमानन्द कँडेल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र न। १ मा उम्मेदवार बन्दा बागलुङ जिल्लाको राजनीति तरगिंत भएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता एवम् समग्र धौलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धन अभियानमा निरन्तर लागि रहनुभएका ई। खिमानन्द कँडेलको पक्षमा व्यापक जनलहर देखिएको छ । गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी र नेकपा एमालेको डा। सूर्य पाठकको उम्मेदवार रहनु भएको छ ।

 देशमा बढ्दै गएको कुशासनका हरेक समूलहरूको अन्त, न्यायको किनबेचको विकृतिलाई पूर्ण रूपमा अन्त,अत्यन्त सहज तरिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँचको सुनिश्चितता,समग्र बागलुङ जिल्लालाई लोक गीत संगीत, शाहसिक पर्यटन र गण्डकी सभ्यता र नेपालकै एक रणनीतिक केन्द्रको रूपमा विकास,यथास्थितिका राजनीतिक दलहरूले भित्राएको राजनीतिक कुशासनको अन्त, पूर्ब विशिष्टको नाममा र वर्तमान विशिष्ट व्यक्तित्वको नाममा दशकौँ देखि गरिँदै आएको देशको ढुकुटीको लुटपाटको शृङ्खलाको अन्त गर्न सशक्त ढंगले लाग्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

यसै गरी संघीयता मार्फत देशमा निर्माण गरिएका प्रदेश सरकार लगायत अनावश्यक राज्य संयन्त्रहरूको खारेजी,२०७२ सालको संविधान भित्रका गम्भिर त्रुटिहरूलाई सच्याउँदै नेपाली माटो सुहाउँदो हुने गरी संविधान संशोधन, विदेशमा रहेका लाखौँ युवाहरूको मताधिकार सुनिश्चित गर्दै लाखौँ युवाहरूलाई देशभित्र नै रोजगारीको वातावरण सृजनाको लागि पहल,जिल्लामा वार्षिक अरबौँ लगानीको आकर्षण,यथास्थितिका राजनीतिक दलहरूले राज्य र नेपाली समाजका हरेक क्षेत्रमा फैलाएको दुर्गन्धित राजनीतिकरणको अन्त,समग्र बागलुङ जिल्ला र समग्र धौलागिरि क्षेत्रका एजेन्डाहरूलाई जबरजस्त ढंगबाट राष्ट्रिय स्तरमा स्थापित गर्दै धौलागिरि क्षेत्रको राष्ट्रिय राजनीतिमा विशेष पहुँच स्थापित गर्न आफू लागि पर्ने उहाँको धारणा रहेको छ ।

शिक्षा, स्वास्थ्य,सडक, कृषि,खानेपानी, सिँचाई, पर्यटन लगायतका पूर्वाधारहरूको योजनाबद्ध रूपमा तीव्र गतिमा विकास, वडा, पालिका र जिल्ला तहमा न्यायोचित बजेट विनियोजन, समन्वय, सहकार्य र बृहत् राष्ट्रिय एकताको बलमा समृद्ध नेपाल निर्माण, समग्र नेपाललाई बिश्वस्तरीय प्रदिद्द पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्न । देश भित्र उपलब्ध प्राकृतिक साधन श्रोत एवम् उच्च प्रविधिको उपयोग गर्दै तीव्र सामाजिक आर्थिक रूपान्तरण लगायतका एजेन्डाहरूलाई अगाडि सार्दै चुनावी मैदानमा होमिँदा व्यापक जनलहर इन्जिनियर खिमानन्द कँडेलको पक्षमा देखिएको छ ।