जनताले लडेर ल्याएकोे प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट दिनुहोस् : प्रधानमन्त्री

0
Shares

काठमाडौ. । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले लडेर ल्याएकोे प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभएको छ । आज (आइतबार) काठमाडौं निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले प्रतिगमनको खतरा अझै पनि रहेकाले त्यसबाट वर्तमान राजनीतिक व्यवस्था जोगाउने गठबन्धनले जित्नुपर्ने बताउनुभएको हो ।

प्रतिगमनको खतरा अझै बाँकी रहेको बताउदै उहँले भन्नुभयो, ‘नेपालमा पटक पटक लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ ।’

अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने उहाँको भनाइ छ । लोकतन्त्रलाई प्रतिगमनको खतराबाट बचाउनकै लागि अहिलेको गठबनधन गर्नु परेको देउवाले बताउनुभयो । उहाँले थप्नुभयो, ‘यो गठबन्धन संविधानको रक्षा, राजनीतिक स्थिरता, समृद्धि र विकासका लागि आवश्यक भएर बनाइएको हो । गठबन्धन संस्कृतिको विकास जे भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढिकरण गर्दै देशको गरिबी हटाउने यो मौका पनि हो चुनौति पनि हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी ओनसरी घर्ती साहसी महिला भएको उहाँले बताउनुभयो । ‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पुरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन । तर सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो । सभामुख हुँदा पार्टी भन्दा पनि राष्ट्रको हित हेर्नुभयो’, देउवाको भनाइ छ ।

गठबन्धनका उम्मेदवारहरुलाई चुनाव जिताउँन आम नागरिकलाई आवहान गर्दै देउवाले चुनाव पछि समेत यो गठबन्धन कायम रहने भएकाले आगामी पाँच वर्ष देशको समृद्धि र विकासका लागि गठबन्धनका सबे उम्मेदवारहरुलाई जनताले मत दिएर जिताउनुपर्ने बताउनुभयो ।

प्रतिपक्षीदल एमालेले दुइ पटक संसद विघटन गरेर संविधान र लोकतन्त्र नै मास्ने खालका गतिविधि गरेकाले यस पटक उसलाई नैसियत दिनु अहिलेको आवश्यक्ता रहेको समेत देउवाको भनाइ छ । प्रतिगमनकारि शक्तिहरु अहिले एक ठउँमा उभिएकाले त्यसलाई परास्त गर्नु पर्ने र अग्रगमनको पक्षमा, राष्ट्र, जनता र विकासको पक्षमा रहेको सत्ता गठबनधन जिताउने जिम्मेबारि जनतालाई भएको उहाँले बताउनुभयो ।