प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध



काठमाडौं । प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाइएको छ । आज (आइतबार) नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले उक्त उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाएको हो ।

दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ ।

उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका प्रवक्ता तथा उपकार्यकारी निर्देशक जगनाथ निरौलाले जानकारी दिए ।

उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा आज बिहान साढे ११ बजे मात्रै पोखराको सराङकोटमा उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्