भोकमरीमा नेपालको स्थान दोस्रो

0
Shares

काठमाडौं ।

भोकमरीसम्बन्धी सूचकांकमा दक्षिण एसियाली देशमध्ये नेपाल दोस्रो स्थानमा रहेको छ । ‘ग्लोबल हंगर इन्डेक्स–२०२२’ प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकाभन्दा पछि छ ।

विश्वभरका देशमध्ये नेपाल ८१औं स्थानमा रहेको छ । १२१ देश समेटिएको प्रतिवेदनमा श्रीलंका ६४औं स्थानमा छ । गत वर्ष ११६ देशमध्ये नेपाल ७६औं स्थानमा थियो । आर्थिक संटक बेर्होदै आएको भए पनि श्रीलंकामा भोकमरीको स्थिति छिमेकी देशको तुलनामा राम्रो रहेको छ ।

दक्षिण एसियाली देशमा बंगलादेश, पाकिस्तान र भारत क्रमशः तेस्रो, चौथो र पा“चौं स्थानमा छन् । प्रतिवेदन अनुसार बंगलादेश ८४औं, पाकिस्तान ९९औं र भारत १०७औं स्थानमा छन् । त्यस्तै अफगानिस्तान १०९औं स्थानमा छ । प्रतिवेदनको पहिलो स्थानमा बेलारुस छ । त्यस्तै, बोस्निया हेर्जेगोभिना दोस्रो र चिली तेस्रो स्थानमा छन् । छिमेकी चीन चौथो स्थानमा छ ।

जीएचआईलाई १०० अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो । यो अंक १०० हुनु सबैभन्दा खराब अवस्था हो ।

नेपालको १९ दशमलव १ अंक रहेको छ । भारतको २९ दशमलव १ रहेको छ । श्रीलंकाको १३ दशमलव ६ अंक रहेको छ । १७ देशको ५ भन्दा कम अंक रहेको छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देश छन् ।