झापामा प्रभावशाली नेताहरुको प्रतिस्पर्धा

0
Shares

भद्रपुर।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि झापामा प्रभावशाली नेताहरुको प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको हो ।

झापाबाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,,राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ,नेपाली काँङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ,काँङ्ग्रेसकै पूर्व महामन्त्री कृष्णप्र्रसाद सिटौला जस्ता प्रभावशाली नेता चुनावी मैदानमा उत्रिनुभएको छ ।

झापाको क्षेत्र नम्बर १ मा सत्तापक्षीय गठबन्धनबाट काँङ्ग्रेसका महामन्त्री शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । शर्माले नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलसँँग प्रतिस्स्पर्धा गर्ने निश्चित भएको छ । शर्माले सोही क्षेत्रबाट २०७० र २०७४ मा दुई पटक निर्वाचनमा उपविजेता भइसक्नु भएको छ ।

एमालेका खरेल भने पहिलो पटक झापा १ मा उम्मेदवार बन्दै हुनुहुन्छ ।. उहाँ झापाको क्षेत्र नम्बर २ मा उठ्ने चर्चा भएपनि यहाँ देबराज घिमिरेलाई छोडर– १ मा उम्मेदवार बन्नु भएको हो । क्षेत्र नम्बर–१ को प्रदेशसभाको (क) मा भने एमालेबाट रविन कोइरालाले उम्मेदवारी दिनुभएको छ । पार्टी कमिटीले कोइरालाको नाम प्रतिनिधिसभामा एकल सिफारिस गरेको भएपनि उहाँले खरेललाई क्षेत्र छोडर प्रदेशसभाको उम्मेदवार बन्नुभएको हो । कोइरालाले काँङ्ग्रेसका नेता गोपाल तामाङसँग प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै गठबन्धन दलको तर्फबाट क्षेत्र (ख) मा श्यामविर लिम्बुको राप्रपा नेतृ सविना बजगाँइसँग प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

झापा २ मा एमालेका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य देबराज घिमिरे , एमालेकै प्रदेश कमिटीका पूर्व सदस्य हरिकुमार रानासँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । मनोनयन भन्दा एकदिन अघिमात्र एमाले छोड्नु भएका रानाले गठबन्धन दलको नेकपा माओवादी केन्द्रको चुनाब चिन्हबाट निर्वाचन लड्ने सहमति भएको छ ।

क्षेत्र नम्बर २ को (क) मा नेकपा एकिकृत समाजवादीका पुष्प पोखरेल र एमालेका एकराज कार्कीको प्रतिस्पर्धा हुनेछ । कार्की भने बर्तमान प्रदेशसभाका सदस्य हुनुहुन्छ । पोखरेल भद्रपुर नगरपालिकाका मेयर तथा झापा ३ बाट एक कार्यकाल सासद भइसक्नु भएको छ ।

यस्तै प्रदेशसभा (ख) मा एमालेका प्रदेश सचिव समेत रहेका चिन्तन पाठक र काँङ्ग्रेसका खगेन्द्र मैनालीबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । झापा ३ मा नेपाली काँङ्ग्रेका पुर्व महामन्त्री सिटौलाको र राप्रपाका अध्यक्ष लिङदेनसँग प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनका सिटौला र एमालसँग तालमेल गर्नुभएका लिङदेनको प्रतिस्पर्धाका कारण यो क्षेत्र बढी चर्चामा छ । २०७४ सालमा तत्कालिन बाम गठबन्धनसँग तालमेलको निर्वाचनमा लिङदेनले १३ हजार मतले सिटौलालाई हराउँनुभएको थियोे ।

झापा ३ को प्रदेशसभा (क) मा नेकपा एमालेबाट अहिलेका प्रदेशससभा सदस्य बसन्त बाँनिया र नेपाली काँङ्ग्रेसबाट भूमि प्रसाद राजबंशीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै (ख) मा नेकपा माओवादी केन्द्रका पूणसिं राजबंशी र एमालेका छवि चुँडालबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ४ को प्रतिनिधिसभा सदस्य पदमा काँङ्गे्रसका जिल्ला सभापति देउकुमार थेवेले एमालेका एलपी साँवासँग दोस्रो पटक प्रतिस्पर्धा गर्र्नुहुनेभएको छ । २०७४ मा तत्कालिन बाम गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका साँवाले थेवेलाई ठुलो मत अन्तरले पराजित हुनुभएको थियो । झापा ४ को (क) मा सत्ताधारी दलको तर्फबाट माओवादीका झलकबहादर मगर उठ्नुभएको छ । उहाँ बर्तमान कृषिमन्त्रीसमेत हुनुहुन्छ । उहाँको एमालेका राधाकृष्ण खनालसँग प्रतिस्पर्धा हुनेछ । (ख) मा काँङ्गे्रसका एकराज उप्रेती र राप्रपाका भक्ति सिटौलाबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ५ पूर्व प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । यहाँ ओलीले काँङ्ग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीसँग दोस्रोे पटक प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । ओलीले अधिकारीलाई २०७४ को निर्वाचनमा भारी मतअन्तरले पराजित गर्नुभएको थियो । झापा ५ को (क)मा काँङ््ग्रेसका जीवनकुमार राई र नेकपा एमालेका हिक्मत कार्कीबीच प्रतिस्पर्धा हुनेछ । कार्की प्रदशे नम्बर १ को पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत हुनुहुन्थ्यो । (ख ) मा नेकपा माओवादी केन्द्रका रेवतराज पुरीको एमालेका होमबहादुर थापासँग प्रतिस्पर्धा हुने भएको छ ।