एमाले–नेका बिपी तालमेल भंग भएपछि डडलेधुरामा देउवालाई पल्लाभारी

0
Shares

डडलेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा पल्लाभारी हुने भएको छ । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेपछि देउवालाई सजिलो हुने भएको हो ।

२०४८ सालदेखि सोही क्षेत्रबाट निरन्त चुनाव जित्दै आउनुभएका देउवालाई यस पटक अझै सहज हुने नेपाली कांग्रेस डडेलधुराका नेता रमेश रावलले बताउनुभयो । उहाँले भन्नुभयो,‘डडलधुरामा शेरबहादुर देउवाले मनोनय गरिसकेपछि पुग्छ । जिल्लामा उहाँले पहिलेदेखि नै गरेको काम प्रति जनता सन्तुष्टि छन् । त्यसैले यसपटक कोहीसँग खासै प्रतिष्पर्धा नै हुँदैन् दउवाको जित् सुनिश्चित छ ।’

डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् ।सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा जाने उल्लेख छ ।

यसअघि बिपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराउनुभएको थियो । बिपी कांग्रेसले केन्द्रीय तहमा गरेको सहमति नमानेर नेकपा एककिृत समाजवादीसँग तालमेल गर्ने तरखर गरेपछि एमालेले हात झिकेको हो ।

डडेलधुरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछि नेकपा एमाले ठूलो शक्ति हो । त्यसपछि आउने बिपी कांग्रेसलाई एमालेले सहयोग नगर्ने भएसँगै आगामी चुनावका लागि बिपी कांग्रेसलाई चुनौती थपिएको छ भने गठबन्धनका उम्मेदवार कांग्रेस सभापति देउवाले यसलाई चुनाव जित्ने सहज अवसरका रुपमा लिनुभएको छ ।