मौसम पूर्वानुमान : नेपालबाट मनसुन बाहिरिने सम्भावना

0
Shares

काठमाडौ । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू(भागबाट मनसुन प्रवेश गरेको थियो ।

यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू(भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू(भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।