नवौँ राष्ट्रिय खेलकुद : सय मिटर दौडमा निशाको कीर्तिमान !

0
Shares

पोखरा । नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् ।

देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) त्यो कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।