रसुवामा ३३० म्यादी प्रहरी छनोट

0
Shares

रसुवा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि ३ सय ३० जना म्यादी प्रहरी छनोट भएका छन् ।

१ महिना १० दिनको समय अवधि तोकेर प्रहरी प्रधान कार्यालय काठमाडौंले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन खुल्ला गरेको थियो । जसअन्तर्गत रसुवाबाट कुल ३ सय ९१ जनाले म्यादीका लागि आवेदन दिएका थिए ।

छनोट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कार्तिक ८ गतेसम्म निर्वाचन सुरक्षा तालिम दिइने बताइएको छ । तालिम समापन भएको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

म्यादी प्रहरीहरूलाई मतदान स्थलमा खटाउने गरि सुरक्षा कार्ययोजना बनाइएको प्रहरीले जनाएको छ । उनीहरूले ४० दिनको तलव, भत्ता रासन र पोसाक बापत एकमुष्ठ ५० हजार १ सय ६० रुपियाँ पाउनेछन् ।