डेंगुले थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो



काठमाडौं ।

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्