घरबेटी र भाडावालको रमाइलो के घर के डेरा


तिहारको पूर्वसन्ध्या पारेर आगामी कात्तिक चार गते अल नेपाल रिलिज हुन लागेको फिल्म के घर के डेराले घरबेटी र डेरावालको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन्।

घर भनेको मान्छेको जीवनको इम्पोर्टेन्ट सपना पनि हो। यस फिल्ममा दर्शकले रुचाएका कलाकारलाई लिएर घरवाला र डेरावालाबीचको दूरी र संघर्षलाई हास्यरसले भरेर तिहारको रमाइलो माहोलमा प्रस्तुत गर्न लागेका छौँ बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने पछिल्लो समय दर्शकको रुचिअनुसार नै मैले हास्य रसपूर्ण फिल्म निर्देशन गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो। यसभन्दा अघि डार्क फिल्ममा काम गरे पनि अहिले दर्शक हास्न खोज्ने माहोल भएकाले तिहारको रमाइलो महोलमा फिल्म रिलिज गर्दा फिल्ममाफर्त दर्शक झनै रम्नेछन भन्ने लाग्छ। आफूसँग डेरामा बसेको अनुभव खासै नभएको र आफ्नो घर पनि डेरामा नलगाएका दीपेन्द्र आफ्नो वरिपरिको घरवाला र डेरावालाको माहोल हेरेर पनि प्रभावित भएको बताउँछन्।

इन्जिनिएर समेत रहेकी फिल्मकी अभिनेत्री सुरक्षा पन्तले भने फिल्ममा मात्र नभई वास्तविक जीवनमा पनि आफैंलै घर निर्माण गर्ने सपना रहेको बताइन्। फिल्ममा म घरमा बस्ने महिलाको रूपमा अभिनय गरेकी छु। जो डेरामा बस्दाबस्दा आफ्नै घर बनाउनका लागि बेलाबेलामा आफ्नो श्रीमानलाई घचघच्याइरहेकी हुन्छ। नेपाली समाजमा प्रायः महिला घरमा बस्ने र पुरुष धेरैजसो बाहिर बस्ने हुन्छ। त्यस कारण पनि महिलालाई आफ्नै घर हुँदा थप सुरक्षित महससु हुन्छ। वास्तविक जीवनको कुरा गर्दा म वर्किङ वुमन हुँ र फ्ल्याटमा बस्दै आएको छु। बेलाबेलामा फ्ल्याट सरिरहेकी हुन्छु। मेरो पनि आफैं नक्सा बनाएर आफैंलै घर निमार्ण गर्ने सपना छु सुरक्षाको भनाइ थियोआफ्नै घर भएपछि मानिसले थप सुरक्षित महसुस गर्दो रहेछ।

अभिनेता दयाहाङ राईले पछिल्लो समय मानिसहø भावनात्मक भन्दा पनि भौतिक कुरालाई महङ्कव दिन थालेको विषयलाई फिल्मले जोडेको बताए।घर भनेको घर मात्र होइन सामूहिकता पनि हो। मेरो आफ्नै अनुवभमा पनि पहिला डेरामा बस्दा भन्दा आफ्नै घर बनाएर बसेपछि बढी मात्रामा सुरक्षित महसुस भएको पाए भने परिवारले पनि त्योभन्दा बढि सुरक्षित महसुस गरेको पाए उनले सुनाए। फिल्मका अर्का अभिनेता विपिन कार्कीले फिल्म सुटिङको समय स्मरण गरे। फिल्ममा काम गर्दा यति रमाइलो भयो कि काम गरेजस्तो महसुस नै भएन।

मलाई आफ्नो काम सकाइहालौँ भन्ने लाग्छ। त्यसकारण पनि फिल्मको सेटमा एका बिहानै पुग्ने गर्थेँ फिल्ममा शंखे नामक पात्रमा देखिएका विपिनले उक्त सुटिङ पश्चात् पनि सोही पात्रमा रहेर रमाइलो गरेको सम्झिए। आफूले प्राक्टिस गरिरहेको क्यारेक्टरमै बसिरह™दा मलाई इजी महसुस हुन्छ। त्यसकारण म टेकपश्चात्को समयमा पनि फिल्मको शंखे क्यारेक्टरमै रहने गर्थेँ। जसले गर्दा रमाइलो माहोल बन्थ्यो। तर, फिल्मको सबै सुटिङ सकिएपछि भने मलाई त्यो पात्रको लुगा पनि एकदम भारी लाग्छ र फुकालिहाल्छु। मैले वास्तविक जीवनमा पनि फिल्ममा लगाएको कुनै पनि लुगा लगाएको छैनु उनले भने।

सिंघे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा विपिन कार्की, दयाहाङराई र सुरक्षा पन्तको साथमा वर्षा राउत, लक्ष्मी गिरी, रवीन्द्र झा, आशान्त शर्मा, प्रभाकार न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशीस क्षत्री, आयुशी ढकालगायतको अभिनय रहेको छ।