जसपाका मन्त्री हटाइए

0
Shares

काठमाडौं ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउनुभएको छ । गठबन्धनबाट बाहिरिएर

पनि सरकार नछाडेपछि देउवाले जसपाका मन्त्रीहरूलाई हटाउनुभएको हो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरूको मन्त्रालयको जिम्मेवारी पनि आफैंले राखेको घोषणा गर्नुभएको छ । मन्त्रीहरूलाई पदबाट हटाएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।