उम्मेदवारी खारेजविरूद्ध राजु गुरूङ सर्वोच्च अदालतमा

0
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेद्वार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार बनेका गुरुङ बैंकिङ कालोसूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

रुपन्देही क्षेत्र नम्बर-२ बाट गुरुङ गठबन्धनको साझा उम्मेदवार हुन् ।