पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, ६२२ सक्रिय संक्रमित



काठमाडौं ( पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७२५ पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३९६ पुगेको छ । देशभर हाल ६२२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्