आचारसंहिता उल्लंंघन गर्ने शिक्षक-कर्मचारीलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

0
Shares

काठमाडौं । आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य व्यक्तिलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज (बिहीबार) आयोगले सरकारी र मातहतका कार्यालय प्रमुखहरूलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, शिक्षक तथा अन्य व्यक्तिलाई विभागीय कारबाही प्रारम्भ गर्न निर्दशन दिएको छ ।

यद्यपि आयोगको निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई आयोगको ऐन, २०७३ बमोजिम आयोग कारबाही प्रारम्भ गर्ने चेतावनी पनि दिएको छ ।