कांग्रेस विद्रोही उम्मेदवारले पाँच दिनभित्रै उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने (विज्ञप्तिसहित)

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले विद्रोही उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने भएको छ । आज (बिहीबार) कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवारले यहीँ महिनाको ३१ गतेभित्रै आफ्नो उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने बताएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विद्रोही उम्मेदवारलाई यहीँ महिनाको ३१ गतेभित्रै उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने कांग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारीक उम्मेदवार एवं गठबन्धन दलका आधिकारीक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

हेर्नुहोस् विज्ञप्ति :