लुम्बिनीबाट ओलम्पिक टर्च ¥याली शुरु



बुटवल । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्चबालेर हस्तान्तरण गरेका हुन । मास्केको र्संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीगो ९टर्च० लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

खेलाडीहरुले विहिबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरि पोखरातर्फ गएका छन । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शूूभकामना दिए ।

नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमीबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए । ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर उर्जा थप्ने विश्वास लिए ।

खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत सहित सफलताको शूूभकामना दिएका थिए । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।

फोटो क्याप्सन लुम्बिनी शान्तिदीपमा लुम्बिनी विकास कोषका सदस्य सचिवद्धारा ओलम्पिक खेलाडीहरुलाई टर्च हस्तान्तरण गर्दै ।

प्रतिक्रिया दिनुहोस्