एकै परिवारका तीन जनाको बीभत्स हत्या

0
Shares

बारा ।  

बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका एकै परिवारका तीन जनाको बीभत्स हत्या भएको छ । मारिनेहरूमा २५ वर्षीया सुजाता चौधरी, उहाँकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

मंगलबार बिहान १० बजे खाना खाएर श्रीमान् दिपेन्द्र चौधरीसहित परिवार नै घुँगी मार्न घरभन्दा केही परको खोलामा गएका थिए । बेलुकीसम्म उक्त परिवार घर नफर्केपछि स्थानीयले दिपेन्द्र चौधरीको परिवार हराएको सूचना प्रहरीलाई दिएको एसपी बोगटीले जानकारी दिनुभयो ।

घरायसी विवादका कारण श्रीमान्ले श्रीमती, छोरा र छोरीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घरबाट घुँगी मार्न गएको बेला खोलाको किनारामा तीन जनाको हत्या गरेर भाग्दै गरेको अवस्थामा लडेर घाइते भएका चौधरीलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल कलैया लगेका थिए । चौधरीलाई अस्पतालमा उपचार भइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।