डा. पाठकद्वारा आत्महत्या

0
Shares

काठमाडौं ।

सिभिल अस्पताल वानेश्वरमा कार्यरत चिकित्सक सुस्मिता पाठकले बुधबार आत्महत्या गर्नुभएको छ । प्रहरीका अनुसार बिरामीको शल्यक्रिया गर्दा प्रयोग हुने नशालु पदार्थ आफैंले सिरिन्जबाट प्रयोग गरी डा. पाठकले आत्महत्या गर्नुभएको हो ।

ललितपुरको इमाडोलमा बस्दै आएकी डा. पाठकले प्रेममा असफल भएपछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । उहाँ बुधबार दिउँसोसम्म पनि कोठाबाट बाहिर ननिस्कएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डा. पाठक बस्दै आएको कोठा फोडेर हेर्दा उहाँलाई मृत अवस्थामा फेला पारेका थिए ।

जनकपुर घर भई उक्त अस्पतालमा काम गर्दै आएकी पाठकले सुसाइट नोटसमेत लेखेर आत्महत्या गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले उहाँको मोबाइलमा फेला पारेको भिडियोमा उहाँले बेहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको बताएको छ ।